राष्ट्रप्रेमले भरिएको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

राष्ट्रप्रेमले भरिएको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक

 

-सुभाष ज्ञवाली , काठमाडौं ।

काठमाडौं । गायक तथा मोडल सबिन खड्काको आवाजमा राष्ट्रप्रेमको भाव बोकेको नयाँ राष्ट्रिय गीत ‘हामी सबै नेपाली, हाम्रो नेपाल’ सार्वजनिक भएको छ। समसामयिक राष्ट्रिय परिस्थिति र नेपालीपनको गहिरो अनुभूतिलाई समेटिएको यस गीतले देशप्रतिको माया, एकता र नागरिक जिम्मेवारीको सशक्त सन्देश प्रवाह गरेको छ।

गीतका शब्द स्वयं सबिन खड्काकै हुन् भने संगीत चर्चित गायक तथा सर्जक बैकुण्ठ महतले तयार पारेका हुन्। गायनमा सबिन खड्कासँगै गायिका सुनितामी परियारको मधुर स्वरले गीतलाई अझ भावुक र प्रभावशाली बनाएको छ।

images

माया–प्रेमका गीतहरूको भीडबीच राष्ट्र र राष्ट्रियतालाई केन्द्रमा राखेर समयसापेक्ष सिर्जना ल्याउनु आफ्नो दायित्व भएको गायक खड्काको भनाइ छ। उनले यो गीतले नेपाली युवामा देशप्रतिको जिम्मेवारीबोध र एकताको भावना थप मजबुत बनाउने विश्वास व्यक्त गरेका छन्।

गीतको भिडियोमा नबिना सिलवाल र कमल जिसीको मुख्य अभिनय रहेको छ । साथै लोकप्रिय गायक मोतिराज खनाल , मिना बेलबासे, आशा ढकाल, स्मारिका खड्का, डिबी पाण्डे, मणि अधिकारी, धुर्व बस्नेत, रोशन घिमिरे, हरि आचार्य, पुष्पा शाह, मुकुन्द घिमिरे, गणेश पाण्डे लगायत थुप्रै कलाकारहरूको सशक्त उपस्थिति भिडियोको अर्को आकर्षण बनेको छ।

images

‘द म्युजिक इरा’ स्टुडियोमा रेकर्ड गरिएको गीतको रेकर्डिङ सुरज भुसालले गरेका हुन् । भने मिक्सिङ कृष्ण बाजुरालीले गरेका छन्। भिडियो निर्देशन देवेन्द्र कुवरले गरेका हुन् र सम्पादन राजेश कुमारले गरेका छन्।सार्वजनिक भएसँगै गीतले दर्शक तथा श्रोताबाट सकारात्मक प्रतिक्रिया पाइरहेको गायक सबिन खड्काले जानकारी दिएका छन्। राष्ट्रप्रेम र एकताको भाव बोकेको यो गीतले नेपाली संगीत क्षेत्रमा अलग पहिचान बनाउने अपेक्षा गरिएको छ।

उक्त राष्ट्रिय गीत SK Entertainment Nepal युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।

▶️ हेर्नुहोस् भिडियो:
https://youtu.be/yJcpINcgx6k?si=SMe7MLkkAmrrCxm

#हामी_सबै_नेपाली #हाम्रो_नेपाल #SabinKhadka #NationalSong

#NepaliMusic #Rastraprem #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

 

Nepal life insuranceimagesimages

अन्य समाचारहरु