करिम बेन्जमालाई अल हिलालले भित्र्यायो

 

काठमाडौँ । फ्रान्सका स्टार फुटबलर करिम बेन्जमालाई अल हिलालले भित्र्याएको छ । अल हिलालले बेन्जमालाई भित्र्याएको घोषणा गरेको हो ।

अल हिलालले घोषणा गर्नु अघि बेन्जमाले अल इत्तिहादसँगको आफ्नो सम्झौता रद्द गरेका थिए । बेन्जमाले आफ्नो सम्झौता अवधिको ६ महिना अघि नै अल इत्तिहाद छोडेका छन् । उनले अल हिलालमा डेढ बर्षको सम्झौता गरेका छन् ।

बेन्जमा २०२३ मा रियल म्याड्रिड छोडेर अल इत्तिहाद गएका थिए । उनले अल इत्तिहादमा खेलेका कुल ८७ खेलमा ५७ गोल गरेका छन् । त्यस्तै इत्तिहादलाई २०२४-२५ को लिगको उपाधि जिताएका थिए भने २०२४-२५ को किंग्स कप पनि जिताएका थिए ।

साउदी लिगमा अल हिललसहित अल नासर, अल इत्तिहाद र अल अहलीलाई सरकारको पब्लिक इन्भेस्टमेन्ट फण्डले लगानी गरेको छ र यी क्लबको व्यवस्थापन पनि हेर्ने गर्दछ । यसैबीच अल नासरका क्रिस्टियानो रोनाल्डो पब्लिक इन्भेस्टमेन्ट फण्डले अल हिलालमा बढी लगानी गरेकोप्रति असन्तुष्ट भएका छन् । उनले क्लबलाई अझै प्रतिष्पर्धी बनाउन खेलाडीमा लागानी गर्न गरेको मागलाई फण्डले अस्वीकार गरेपछि रोनाल्डो असन्तुष्ट भएको रिपोर्ट बाहिर आएको छ । असन्तुष्टिका बीच उनले गएरातीको अल नासरको खेल पनि खेलेका थिएनन् ।

#KarimBenzema #AlHilal #FootballTransfer #SportsNews #SaudiLeague #FootballUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages