
किमका कान्छा छोरा एवं उनका उत्तराधिकारी किम जोङ उन शव यात्रामा सहभागी भएको दृष्य उत्तर कोरियाली सञ्चारमाध्यमले प्रसारण गरेका छन् । शव यात्रामा किम जोङ उनसंगै उनको राजनीतिक सहयोगिको रुपमा चिनिएका उनका काका चाङ सोङ टेक र सेना प्रमुख रि योङ हो पनि देखिएका छन् । शव यात्रामा शोकमा डुबेका उत्तर कोरियाली जनता रोई रहेको दृश्य उत्तर कोरियाली टेलिभिजनमा देखाइएको छ ।यस अघि किमको शवलाई प्योङयाङको स्मृति दरबारमा राखिएको थियो । किमको गत डिसेम्बर १७ मा हृदयघातका कारण निधन भएको थियो । किमले आफ्ना बाबु किम जोङ सुङको निधन पछि सन् १९९४ बाट उत्तर कोरियाको सत्ता सम्हालेका थिए । अन्त्येष्टि समारोहमा कुनै पनि विदेशी प्रतिनिधि र सञ्चारमाध्यमलाई आमन्त्रित गरिएको छैन ।



