निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी रूपमा गर्न गृह मन्त्रालयको निर्देशन

 

काठमाडौँ । गृहमन्त्रालयले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र विश्वसनीय बनाउन निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई निर्वाचन आचारसंहिताको अनुगमन प्रभावकारी गर्न निर्देशन दिएको छ

आयोगले यसअघि ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकेको सन्दर्भमा, गृह मन्त्रालयले उक्त जिम्मेवारी दृढतापूर्वक निर्वाह गर्न ७७ वटै जिल्लाका सहायक प्रजिअहरूलाई निर्देशन दिएको हो ।

गृह सचिव राजकुमार श्रेष्ठले आयोगले तोकेको क्षेत्राधिकार (आर्थिक विषय बाहेक) भित्र रही आचारसंहिता परिपालनाको अनुगमन कार्यलाई निष्पक्ष र निर्भीक भई सम्पादन गर्न निर्देशन दिएका छन् । मन्त्रालयले निर्वाचन आचारसंहिताको पूर्ण कार्यान्वयन सुनिश्चित गर्दै सो हैसियतमा सम्पादन गरिएका कार्यहरूको प्रगति विवरण मन्त्रालयमा समेत नियमित उपलब्ध गराउन निर्देशन दिएको छ ।

#ElectionCode #HomeMinistryNepal #ElectionUpdate #NepalPolitics #GovernmentDirective #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages