नेपाल टेलिकम राज्यको ‘डिजिटल मेरुदण्ड’ हो- गृहमन्त्री अर्याल

 

काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल टेलिकम केवल दूरसञ्चार सेवा प्रदायक मात्र नभई राज्यको ‘डिजिटल मेरुदण्ड’ को रूपमा स्थापित रहेको बताएका छन् ।

नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को २२औँ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै गृहमन्त्री अर्यालले दुर्गम हिमाली भेगदेखि तराईका बस्तीसम्म सञ्जाल विस्तार गरी राष्ट्रिय एकता, सेवा प्रवाह र आर्थिक क्रियाकलापलाई मजबुत बनाएको तथा प्राकृतिक विपद्, महामारी र आपत्कालीन अवस्थाहरूमा टेलिकमले खेलेको भूमिकाको प्रशंसा गर्दै राज्यको ‘डिजिटल मेरुदण्ड’ को रूपमा स्थापित रहेको बताएका हुन् ।

Single Image

दूरसञ्चार सेवालाई हाल मानव जीवनको आधारभूत आवश्यकता तथा शैक्षिक, सामाजिक र आर्थिक विकासको महत्त्वपूर्ण पूर्वाधारका रूपमा चित्रण गर्दै गृहमन्त्री अर्यालले नवीनतम प्रविधिमा आधारित गुणस्तरीय सेवा प्राप्त गर्नु सेवाग्राहीको अधिकार रहेको कुरामा जोड दिए ।

सन्तुष्ट ग्राहक नै संस्थाको दिगो विकास र स्थायित्वको आधार स्तम्भ भएको उल्लेख गर्दै उनले कम्पनीलाई आगामी दिनमा अत्याधुनिक प्रविधिमार्फत गुणस्तरीय सेवा प्रवाहमा केन्द्रित हुन र ग्राहक सन्तुष्टिलाई सर्वोपरि ठान्न सुझाव तथा शुभकामना व्यक्त गरेका थिए ।

#NepalTelecom #DigitalNepal #HomeMinisterAryal #TechnologyNews #GovernmentUpdate #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages