

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग हाल नेपालमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जानकारी दिएको छ ।
हाल तराई भू-भागका थोरै स्थानहरूमा हस्सु/तुवाँलो लागेको छ। देशको पहाडी र हिमाली भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।


आज दिउँसो तराई भू-भागका धेरै स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ । कोशी प्रदेशको पहाडी र हिमाली भू-भागमा र गण्डकी प्रदेशको हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।
त्यस्तै आज राती तराई भू-भागका थोरै स्थानहरूमा हुस्सु रहनेछ । गण्डकी, कर्णाली सुदूरपश्चिम प्रदेशको उच्च पहाडी र हिमाली भू-भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू-भागको मौसम मुख्यतया सफा रहेने छ ।
#AajkoMausam #WeatherUpdateNepal #NepalWeather #TeraiFog #HimalayanWeather #ClearSky #NepalNews #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



