आज दुई फिल्म ‘कुमारी’ र ‘रमिताको पिरती’ रिलिज

 

काठमाडौं । आज दुई नेपाली फिल्म रिलिज भएका छन् । आज रिलिज हुने फिल्ममा ‘कुमारी’ र ‘रमिताको पिरती’ रहेका छन् ।

दिनेश राउतले निर्देशन गरेको फिल्म ‘कुमारी’मा प्रमुख भूमिकामा अभिषेक खड्का र आकृति राजभण्डारी छन् । प्रेममा आउने आरोह अवरोधको कथामा फिल्म बनेको ट्रेलरबाट बुझ्न सकिन्छ । घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ लगायतको पनि अभिनय रहेको फिल्मका निर्माता महेन्द्र अधिकारी हुन् । यसमा विकास सुवेदीको लेखन, सुसन प्रजापतिको छायाङ्कन तथा सुप्रिम पराजुलीको सम्पादन छ ।

सामाजिक सञ्जालमा राम्रो प्रतिक्रिया पाए पनि फिल्मलाई बलिवुड फिल्म ‘सैयारा’ को कपिको ट्याग लागेको छ । तर निर्देशक राउतले यसलाई सतही टिप्पणी भनेर खारेज गरेका छन् । उनले फिल्मको कथा निकै फरक भएको र फिल्म हेरेपछि त्यो भ्रम हट्ने बताएका छन् ।

त्यस्तै आज रिलिज भएको अर्को फिल्म ‘रमिताको पिरती’ सुदेप्ताको निर्देशनमा बनेको हो । उनको यो डेब्यू फिल्म हो । यस फिल्मकी कार्यकारी निर्मातामा अभिनेत्री आना शर्मा रहेकी छन् । यस फिल्ममा आनासहित धिरज मगर, विनय श्रेष्ठ र समीर श्रेष्ठ मुख्य भूमिका रहेको छ ।

युवा प्रेमकथामा आधारित यो फिल्ममा अन्य कलाकारहरुमा पशुपति राई, रेनु योगीत, गियना, थिन्ले लामोलगायतको अभिनय छ । यही फिल्मबाट गायक समीरले पनि अभिनयमा डेब्यू गर्दैछन् । फिल्म प्रेममा धोका पाएपछि युवतीले आफैसँग गर्ने संघर्षको कथामा आधारित रहेको छ ।

#Kumari #RamitakoPirati #NepaliCinema #FilmRelease #NepaliMovies #EntertainmentNews #MovieUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages

अन्य समाचारहरु