राष्ट्रिय शक्तिको जिम्मेवारी काँग्रेसले निभाउछ- गगन थापा

 

पोखरा । नेपाली काँग्रेसका सभापति गगन थापाले काँग्रेस राष्ट्रिय शक्ति भएको बताएका छन् ।

पोखरामा काँग्रेसका कार्यकर्तालाई सम्बोधन गर्दै सभापति थापाले काँग्रेसको इतिहासले राष्ट्रिय शक्तिको जिम्मेवारी रहेको बताउदै देशमा संकटमा परेको अवस्था यसको नेतृत्व गरेर सम्हाल्ने काम भएको बताएका हुन् । उनले राष्ट्रिय दल निर्वाचनले तय गर्ने भएपनि राष्ट्रिय शक्ति इतिहासले तय गर्ने बताए । आज काँग्रेसले राष्ट्रिय शक्तिको जिम्मेवारी निभाउने जिम्मेवारी रहेको बताए ।

उनले भने- ‘राज्यका संस्थाहरुप्रति चरम अविश्वास रहेको छ ।  यो अविश्वास झाँगिदै गएर सिंगो देशमा अविश्वास बढेको छ । अब यसलाई सम्हाल्ने जिम्मेवारी हाम्रो हो ।’

भदौ २४ गते देश बलेको र अर्को बर्षको भदौ २४ गते देश बल्दैन भन्ने जिम्मा काँग्रेसले लिने बताए ।  उनले काँग्रेसले प्रतिशोधको राजनीति नगर्ने भन्दै काँग्रेसको चरित्र मिलाउने र सम्हाल्ने भएको उल्लेख गरे । अहिले देश सम्हाल्ने शक्ति चाहिएको भन्दै, आगो जसले पनि लगाउन सक्ने भन्दै आगो निभाउन धैर्यता चाहिने बताए ।

सभापति थापाले अहिले नागरिकले देशलाई सम्हाल्ने र सुधारको काम गर्ने दल र नेतृत्व खोजेको भन्दै काँग्रेसले सम्हाल्ने र सुधार्ने दुवै काम गर्न सक्ने र गर्ने धारणा राखे ।

उनले व्यक्तिले ‘जादुको छडी’ गर्छ भन्ने कुरामा आफुले विश्वास नगर्ने भन्दै काँग्रेसले संस्थाहरु बलियो बनाउने, प्रणाली बलियो बनाउने र सरकारले दिने डेलिभेरी राम्रो बनाउने कुरा मतदातालाई घर घरमा गएर भन्नु पर्ने बताए ।

सभापति थापाले निर्वाचन सकिएपछि देशभरका कार्यकर्तासँग छलफल गरेर पार्टीको नियमित अधिवेशन गर्ने बताउदै कसैलाई काखा र पाखा नगर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

#GaganThapa #NepaliCongress #NationalPower #PoliticalStatement #NepalPolitics #Leadership #DemocracyNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages