सिद्धान्तमा सम्झौता गरेर अब सत्तामा जादैनौं- सभापति थापा

 

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले सिद्धान्तमा सम्झौता गरेर अब सरकारमा नजाने बताएका छन् ।

शनिबार काठमाडौं- ५ को क्षेत्रीय समितिले आयोजना गरेको कार्यक्रममा बोल्दै सभापति थापाले सिद्धान्त, मूल्य र मान्यतामा सम्झौता गर्नु परे अब कांग्रेस एउटा नभई पाँच वटा सरकारमा नजाने बताएका हुन् ।

Nepal life insurance

सरकार बनाउने, सरकारमा जाने अवसर पार्टी जीवनमा आइरहने बताउँदै सभापति थापाले आफूहरु बन्न, बनाउन चाहने, चुनाव जित्ने तर सम्झौता गरेर अब सरकारमा नजाने स्पष्ट पारे ।

उनले चुनावअघि गरिने गठबन्धन ठगबन्धन भएको बताउदै कुनै पार्टीसँग गठबन्धन नगरेर कांग्रेसले १६५ वटै क्षेत्रमा उम्मेदवार उठाउने एक मात्र पार्टी बनेको बताए ।

उनले अर्को भदौ २४ मा देश जल्दैन भन्ने ग्यारेन्टी काँग्रेसले मात्र गर्न सक्ने भन्दै अब निर्वाचनपछि काँग्रेसले सबैलाई समेटेर नेतृत्व गर्ने बताए ।

उनले काँग्रेसको दुश्मन गरिबी, बेरोजगारी र भ्रष्टाचार भएको भन्दै कुनै दल आफुहरुको दुश्मन नभएको बताए । काँग्रेसले सरकारी संस्थाहरुलाई बलियो बनाएर देशमा सुशासनको शुरुवात गर्ने बताए । उनले अख्तियार, अदालतसहित सरकारी संस्थालाई ठिक बनाइयो भने देशमा सुशासन आउने उनको दाबि छ ।

#SabhapatiThapa #PoliticalStatement #NepaliPolitics #CongressNepal #DemocracyNepal #PoliticalUpdate #Leadership #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

Nepal life insuranceimagesimages