

तिम्रो यादमा धेरै पागल नभएको हैन पैले

अझै पनि किन किन मेरो अघि तिम्लाई देक्छु
लेखनै परे तिम्रै बारे कविता र कथा लेख्छु

मेरो दिलको इतिहासमा तिम्रो रुप गडी

मेरो आत्मा तिम्लाई पाउन भित्रैदेखि मरी
जगाई देउ यो आत्मालाई मल जल गरि

त्यसो भए यो जीवन फुल्थ्यो फुल सरी
त्यहिँ फुलको बास्ना बनि तिम्रै वरिपरी
तिम्ले नआउ भने पनि आउथे घरिघरि

एक दिन तिमीले पनी मल जल गरी
मेरो माया स्वीकार्नेछौ अमर हुने गरी




