

नेतृत्व भनेको निरन्तर बगिरहने नदी जस्तो हुनुपर्छ, जमेको पोखरी जस्तो होइनःविश्वप्रकाश शर्मा
नेपाली काँग्रेसका उपसभापति विश्वप्रकाश शर्माले देश विकासका लागि ठोस आर्थिक मोडेल, श्रम संस्कृतिमा परिवर्तन र राजनीतिक शुद्धीकरणका लागि कडा कदमहरू चाल्न आवश्यक रहेको बताउनुभएको छ । चितवनमा आयोजित एक कार्यक्रमलाई सोमवार सम्बोध्न गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले बदलिएको काँग्रेसले गगन थापालाई प्रधानमन्त्री बनाउने संकल्पका साथ अघि बढ्ने बताउनु भयो ।

बुढीगण्डकी परियोजनाका लागि मुआब्जाको काम लगभग सकिएको तर निर्माणका लागि बजेट अभाव रहेको भन्दै शर्माले जीडीपीपी (गभर्मेन्ट, डायस्पोरा र प्राइभेट सेक्टर) मोडेल अघि सार्नुभयो । विदेशमा रहेका नेपालीले १००० देखि २५००० अमेरिकी डलरसम्म लगानी गर्नसक्ने र त्यसबाट १२०० मेगावाट बिजुलीका साथै पर्यटन र माछा उत्पादनको विशाल ड्याम बन्ने उहाँको परिकल्पना छ ।

श्रम संस्कृतिमा परिवर्तनः तीन सिफ्टमा निर्माण कार्य
धनी देशहरू राति पनि काम गर्ने तर नेपाल राति सुत्ने प्रवृत्तिको अन्त्य गर्न शर्माले ८–८ घण्टाको तीन सिफ्टमा विकास निर्माणका काम गर्ने योजना सुनाउनु भयो । अस्पताल, बाटो र पुल निर्माणका कामहरू राति पनि गराएर ३ वर्षमा सकिने काम १ वर्षमै सम्पन्न गरी लागत घटाउने उहाँको प्रश्ताव छ ।
भ्रष्टाचारविरुद्ध शुन्य सहनशीलता र अख्तियार पुनर्संरचना
काँग्रेसको कुनैपनि तहको नेता वा कार्यकर्तामाथि भ्रष्टाचारको मुद्दा अदालतमा दर्ता हुनासाथ तत्काल सदस्यता निलम्बन गरिने कडा नीति उनले घोषणा गर्नुभयो । साथै, अख्तियारमा ‘मेरो र तेरो मान्छे’ नभई विशेषज्ञता र पारदर्शिताको रोस्टर बनाएर नियुक्ति गरिनुपर्नेमा उहाँले जोड दिनुभयो ।
राजनीतिक सुधारः १, २, ३, ४ को नयाँ व्यवस्था
शर्माले नेतृत्व हस्तान्तरणका लागि नयाँ फर्मुला प्रश्तुत गर्नुभयो । १ पटक राष्ट्रपति, २ पटकभन्दा बढी प्रधानमन्त्री बन्न नपाउने, ३ पटकभन्दा बढी मन्त्री हुन नपाउने र ४ पटकभन्दा बढी सांसद हुन नपाउने व्यवस्था हुनुपर्ने बताउनु भयो । उहाँले आफैं पनि झापाबाट समानुपातिकमा नबसी अवसर हस्तान्तरण गरेको उदाहरण प्रश्तुत गर्नुभयो ।
गगन थापालाई प्रधानमन्त्री र चितवनको निर्वाचन
चितवनका तीनवटै क्षेत्रमा काँग्रेसका उम्मेदवारहरू (टेकप्रसाद गुरुङ, मिना खरेल र राजेन्द्र बुर्लाकोटी) लाई जिताउन अपिल गर्दै शर्माले जनताले दिने यो मतले गगन थापालाई देशको प्रधानमन्त्री बनाउन योगदान गर्ने बताउनु भयो । उहाँले युवा र अनुभवको सम्मिश्रणबाट काँग्रेसले देश बदल्ने दाबी गर्नुभयो ।
पदको लोभ र नैतिक प्रश्न
बारम्बार प्रधानमन्त्री भइरहने पुराना अनुहार र ५ वर्षका लागि मेयर छानिएका व्यक्तिहरू बीचमै पद छाडेर अर्को पदमा दौडिने प्रवृत्तिमाथि उहाँले नैतिक प्रश्न उठाउनु भयो । नेतृत्व भनेको जमेको पोखरी नभई बगिरहेको नदी हुनुपर्ने उहाँको तर्क थियो ।
#BishwoPrakashSharma #NepalPolitics #PoliticalSpeech #CurrentAffairsNepal #LeadershipMessage #NepalNews #PoliticalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



