विश्वभर इस्वी सम्बतको नयां वर्ष सन् २०१२ लाई हर्षोल्लासपूर्वक स्वागत


 

विश्वभर इस्वी सम्बतको नयां वर्ष सन् २०१२ लाई हर्षोल्लासपूर्वक स्वागत गरिएका छन् । विश्वमा नयां वर्षको पहिलो स्वागत भने सामाओ र तोकलाउमा गरियो ।

 

नयां वर्षको स्वागतमा अष्ट्रेलियाको सिड्नी स्थिति हार्बर पुलमा पूरै १५ मिनेट सम्म लाखौं डलर खर्च गरेर शानदार आतिशवाजी कार्यक्रम गरियो । दुबईमा रहेको विश्वकै सबैभन्दा अग्लो भवन बुर्ज खलिफामा पनि रंगिन आतिशवाजीको रौनक थियो ।

 

जापानको राजधानी टोकियोमा नयां वर्षको शुभकामनामा हावामा बेलुनहरु छोडिएका थिए । हंगकंगका गगनचुम्बी भवनहरु नयां नर्षको रौनकमा जगजमगाएका थिए । टर्कीमा पानी परे पनि नयां वर्षको स्वागत गर्नेहरु उतिकै उत्साहित बने । युरोपका विभिन्न शहरमा हजारौ मानिस जम्मा भएर नयां वर्षलाई स्वागत गरेका थिए । नयां वर्षका अवसरमा विश्वका नेताहरुले सुख शान्ति र संवृद्धिको कामना गरेका छन् ।