संवैधानिक समितिमा संविधान जारी भएर नयाँ निर्वाचन नभएसम्मको संक्रमणकालिन अवस्थालाई बिद्यमान संरचना कायम राख्ने सैद्धान्तिक सहमति भएको छ । आज सिहदरबारमा बसेको समितिको बैठकमा उपसमितिले नयाँ संविधानका बिषयमा गरेका सहमतिको प्रतिवेदन पेश भएको थियो ।
उपसमिति संयोजक एंव माओवादी अध्यक्ष पुष्पकमल दाहालले उपसमितिले सहमति गरेको बिषयहरुको प्रतिवेदन पेश गनुभएको थियो । बैठकपछि समितिका सभापति निलाम्बर आचार्यले संक्रमणकालिन अवस्थामा बारेमा दलहरुवीच सैद्धान्तिक सहमति भएको बताउनुभयो । संवैधानिक समितिमा संक्रमणकालिन अवस्थाका बिषयमा अन्तिम निणयको तयारी भएपनि विवादित अन्य बिषयहरुसंगै टुंगो लगाउने गरी सैद्धान्तिक सहमति मात्र गरिएको बताइएको छ ।
समितिको बैठकमा दलका नेताहरु बाँकी विवादीत बिषयमा संवैधानिक समितिको बैठकमा छलफल गरी टुंगो लगाउन सहमत भएका छन ।