पूर्वी थारुवान सङ्घर्ष समितिद्धारा पूर्वका ६ वटा जिल्ला बन्द

आज पूर्वका ६ वटा जिल्ला बन्द


पूर्वी थारुवान सङ्घर्ष समितिले आज पूर्वका ६ वटा जिल्ला बन्द गरेको छ । बन्दका कारण सुनसरी,मोरङ र झापा प्रभावित बनेका छन् भने उदयपुर, सिराहा र सप्तरीमा बन्दको प्रभाव खासै परेको छैन ।

 

पुर्वी थारुवान सङ्घर्ष समितिले १५ हजार जनजाती युवाहरुलाई सेनामा समुहगत प्रवेश गराउनु पर्ने लगायतका माग राख्दै बन्दको आह्वान गरेको हो ।

 

एकीकृत माओवादीका तर्फबाट संबिधान सभाका सभासद सन्तोष चौधरीले पुर्वी थारुवान सङ्घर्ष समितिको अगुवाई गर्नुभएको छ ।

सङ्घर्ष समितिमा थारुवान कोचिला मोर्चा र कोचिला राज्य परिषद समेत सहभागी छन् । एक पछि अर्को समूहले गरेको वन्दका कारण पुर्वी नेपालको जनजीवन कष्टकर बनेको छ ।