

काठमाडौँ । आइसीसी टी-२० विश्वकपअन्तर्गत सबैभन्दा चर्चित प्रतिस्पर्धामा आज भारत र पाकिस्तान आमनेसामने हुँदैछन् । कोलम्बोस्थित आर प्रेमदासा रंगशालामा हुने यो खेल नेपाली समय अनुसार साँझ ७: १५ बजेदेखि शुरु हुदैछ ।

समुह ए मा रहेका दुवै देशले आफ्ना शुरुका २-२ खेलमा जित हासिल गरेर शानदार शुरुवात गरेका छन् । रनरेटका आधारमा भारत शिर्ष स्थानमा छ भने पाकिस्तान दोस्रो स्थानमा रहेको छ ।
विश्वकप शुरु हुदा पाकिस्तानले भारतविरुद्ध नखेल्ने घोषणा गरेपनि पछि आइसीसीसँग भएको वार्तापछि खेल्ने निर्णय गरेको हो ।
भारत र पाकिस्तान टी-२० अन्तर्राष्ट्रिय खेलमा अहिले पटक १६ पटक आमने सामने भएका छन् । जसमा भारतले १३ पटक जित हासिल गरेको छ भने पाकिस्तानले ३ पटक जितेको छ ।

त्यस्तै दुवै देश टी-२० विश्वकपमा अहिलेसम्म ८ पटक खेलेका छन् जसमा भारत ७ पटक विजयी भएको छ भने पाकिस्तान एक पटक विजयी भएको छ । पाकिस्तानले एक मात्र खेल २०२१ को विश्वकपको समुह चरणमा जितेको थियो ।
यस खेलमा भारतका ओपनर अभिषेक शर्मा टिममा फर्किएपछि भारतलाई ठुलो राहत भएको छ । उनी अस्वस्थ हुदा नामिबियाविरुद्धको खेल गुमाएका थिए ।
त्यस्तै यस खेलमा पाकिस्तानका मिस्ट्री स्पिनर उस्मान तारिकको विशेष चर्चा रहेको छ । उनको बलिङ गर्ने एक्सनका कारण उनको यस विश्वकपमा भारतविरुद्ध कस्तो प्रदर्शन गर्छन भन्ने चर्चा रहेको छ ।
भारतको सम्भावित टिम: अभिषेक शर्मा, इशान किशन, तिलक वर्मा, सूर्यकुमार यादव (कप्तान), अक्षर पटेल, हार्दिक पाण्ड्या, शिवम दुबे, रिंकु सिंह, जसप्रित बुमराह, कुलदीप यादव र वरुण चक्रवर्ती ।
पाकिस्तानको सम्भावित टिम: साइम अयूब, साहिबजादा फरहान, सलमान आगा (कप्तान), बाबर आजम, उस्मान खान, शादाब खान, मोहम्मद नवाज, फहीम अशरफ, शाहिन शाह अफ्रिदी, उस्मान तारिक र अबरार अहमद ।
#T20WorldCup #IndiaVsPakistan #CricketRivalry #CricketWorldCup2026 #SportsUpdate #CricketFans #NepalSports #CricketNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



