सोसियडाडमाथि रियल म्याड्रिडको सहज जित, लिगमा शिर्ष स्थानमा उक्लियो

 

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत रियल म्याड्रिडले रियल सोसियडाडलाई पराजित गरेको छ ।

गएराती सम्पन्न खेलमा रियल म्याड्रिडले रियल सोसियडाडलाई ४-१ गोल अन्तरले पराजित गरेको हो ।

रियल म्याड्रिडको जितमा भिनिसियस जुनियरले २ गोल गरेका थिए भने गोन्जालो गार्सिया र फेडेरिको भालभर्डेले एक एक गोल गरेका थिए ।

यो जितपछि रियल म्याड्रिड ला लिगाको शिर्ष स्थानमा उक्लिएको छ । रियल म्याड्रिडको २४ खेलमा ६० अंक भएको छ । त्यस्तै एक खेल कम खेलेको बार्सिलोना २३ खेलमा ५८ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

त्यसैगरी रियल सोसियडाडको २४ खेलमा ३१ अंक रहेको छ र लिगमा आठौँ स्थानमा छ ।

#RealMadrid #LaLiga #FootballUpdate #SociedadVsRealMadrid #LeagueTop #SportsNews #FootballNepal #InternationalFootball #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages