जितसँगै श्रीलंका सुपर आठमा, अस्ट्रेलियाको लगातार दोस्रो हार

 

काठमाडौँ । श्रीलंकाले जारी टी-२० विश्वकपमा अस्ट्रेलियालाई पराजित गरेको छ । सोमबार राति सम्पन्न खेलमा श्रीलंकाले अस्ट्रेलियालाई ८ विकेटले पराजित गरेको हो ।

अस्ट्रेलियाले दिएको १८२ रनको लक्ष्य पछाएको श्रीलंकाले १८ ओभरमा २ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो । श्रीलंकाको जितमा पाथुम निसान्काले अविजित १०० रन बनाएका थिए भने कुसल मेन्डिसले ५१ रन बनाएका थिए ।

यसअघि पहिला ब्याटिंग गर्दै अस्ट्रेलियाले २० ओभरमा अल आउट हुदै १८१ रन बनाएको थियो । यो जितपछि श्रीलंकाको ३ खेलमा तिनै जितसहित ६ अंक भएको छ र सुपर आठमा पुगेको छ । त्यस्तै लगातार दोस्रो हारपछि अस्ट्रेलिया समुह चरणबाटै बाहिरिने सम्भावना बढेको छ । मंगलबार जिम्बाबेले आयरल्याण्डलाई पराजित गरेमा अस्ट्रेलिया समुह चरणबाटै बाहिरिने छ । अस्ट्रेलियाले समुह चरणको अन्तिम खेल ओमानसँग आगामी शुक्रबार खेल्ने तालिका छन् ।

 

Nepal life insuranceimagesimages