उद्योग वाणिज्य संघ तनहुँ शाखाको १३ औं महाधिवेसनको उद्घाटन गर्न शुक्रवार दमौली आएका प्रधानमन्त्री वावुराम भट्टराई जिल्लाका संचारकर्मीहरुको तश्विर खिच्दै । तस्विर: पूर्ण विके
– पूर्ण विके
तनहुँ – प्रधानमन्त्री वावुराम भट्टराईले शान्ति र संविधान नवनेसम्म आफु नेतृत्वको वर्तमान सरकार रहने वताएका छन् । उनले वर्तमान सरकारले नै शान्ति र संविधानका कार्यलाई सन्तोषजनक रुपमा अघि वढाएको वताए ।
उद्योग वाणिज्य संघको १३ औं महाधिवेसन तथा २६ औं साधारण सभामा शुक्रवार दमौली आएका भट्टराईले नेपाल पत्रकार महासंघ तनहुँ शाखाले गरेको पत्रकार सम्मेलनमा वोल्दै उक्त कुरा वताएका हुन् ।
उनले आफ्नो जिम्मेवारी भनेकै शान्ति र संविधान भएकोले जिम्मेवारी पुरा नगरी नछाड्ने जिकिर गरे ।