एफएम स्टेशन अगाडि बम राख्ने ३ जना पक्राउ

पुस २४ झापाको विर्तामोडको विर्ता एफएम अगाडि बम राखेको अभियोगमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा झापाको कुमरखोद(१ बस्ने तेजबहादुर लिम्बू, मोरङको बेलबारी(२ बस्ने २८ वर्षीय राजबहादुर गुरुङ र पाँचथर घर भई हाल विर्तामोड(३ मा डेरा गरी बस्ने ३९ वर्षीय सूर्यबहादुर याङ्याल छन्।

उनीहरुलाई प्रहरीले गएराति विर्तामोडबाट पक्राउ गरेको हो।

विर्तामोड(३ स्थित विर्ता एफएमको अगाडि बियरको बोतलमा बालुवा र ज्वलनशील पदार्थ भरेर त्यसमा डेनाटर तार जोडिएको अवस्थामा शनिबार साँझ फेला परेको थियो। सो स्थानमा एउटा पेस्तोल र किराँत वकर्स पार्टीको विज्ञप्ति राखिएको प्रहरी निरीक्षक छविरमण भट्टराईले जानकारी दिए।
उक्त बमलाई आज बिहान ८ स् १५ बजे चारआलीस्थित नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्क्रिय गरेको छ।