मुन्द्रे र मुन्नी अभिनित फिल्म ‘कार्की साइँला’ को छायांकन शुरु

 

काठमाडौँ । राजेन्द्र बस्नेतको निर्देशनमा बन्न लागेको फिल्म ‘कार्की साइँला’को छायांकन सुरु भएको छ ।

मंगलबार धनकुटाबाट फिल्मको छायांकन सुरु गरिएको फिल्मका लागि पहिलो सट जितु नेपाल (मुन्द्रे) र प्रियना आचार्य (मुन्नी) ले दिएका छन् । फिल्ममा उनीहरू श्रीमान्-श्रीमतीको भूमिकामा देखिने बताइएको छ ।

छायांकनमा जितु र प्रियनासहित सुशील पोखरेल, विरेन्द्र सिंह कुशवाह, मान्शी शर्मा, मनिल तामाङ, रेणुका आचार्य, दिप्सन लिम्बू, रोदा राई, कमल देवकोटा लगायतका कलाकारहरू उपस्थित छन् । निर्देशक बस्नेतले एक महिनाको सेड्युलमा फिल्मको छायांकन सुरु गरिएको बताएका छन् । फिल्मको धनकुटापछि बराहक्षेत्र र चतरामा फिल्मको छायांकन हुने छ ।

कर्ण बहादुर फिल्म्सको ब्यानरमा निर्माण हुने यस फिल्मको निर्मातामा बालकुमार राई रहेका छन् । कृष्ण भगत चाम्लिङ प्रस्तुतकर्ता रहेको फिल्ममा रोजल थापा फिल्ममा मुख्य सहायक निर्देशकको रूपमा छन् ।

#KarkiSaila #NepaliMovie #Mundre #Munni #FilmShooting #NepaliCinema #EntertainmentNews #MovieUpdate #FilmNepal #समसामयिकसमाचार #मुख्यसमाचार #NepalNews #CineUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD

 

Nepal life insuranceimagesimages