

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सर्लाही पुगेर काँग्रेस सभापति गगन थापाप्रति कटाक्ष गर्दै डा. अमरेश कुमार सिंहलाई जिताउन आग्रह गरेका छन् ।

सभापति लामिछानेले सर्लाही-४ मा अमरेश कुमार सिंहले जित्ने बताउदै काठमाडौँबाट आएर मधेसको बेटा हुँ भन्दै ठाउ लिने प्रयास भएको आरोप लगाए ।
उनले भने- ‘मलाई थाहा छ अमरेशजीले जित्नुहुन्छ । यदि अमरेशजी नभएको भए पनि त्यो ठाउँमा एउटा मधेसको मान्छेले जित्थ्यो, मधेसले जित्थ्यो । तर कोही काठमाडौंबाट यहाँ आएर म मधेसको बेटा हुँ भन्दै छ, एउटा ठाउँ लिने प्रयास गर्दै छ । यस पटक ठाउँको ठाउँ रोक्ने जिम्मा तपाईँको ।’
#RabiLamichhane #GaganThapa #Sarlahi #RSPNepal #NepalPolitics #PoliticalDebate #ElectionNepal #PoliticalNews #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #PoliticalUpdate #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



