

काठमाडौं । सन् २०२५ मा विश्वभर १२९ जना पत्रकार तथा सञ्चारकर्मीको ज्यान गएको तथ्यांक सार्वजनिक भएको छ ।
कमिटी टु प्रोटेक्ट जर्नालिष्ट (सीपीजे) ले सार्वजनिक गरेको प्रतिवेदनमा यो वर्ष पत्रकारहरूको मृत्यु संख्या हालसम्मकै उच्च रहेको उल्लेख गरिएको छ ।

प्रतिवेदनअनुसार सन् २०२५ मा ज्यान गुमाएका पत्रकारमध्ये दुई तिहाइ घटनाका लागि इजरायल जिम्मेवार रहेको आरोप लगाइएको छ । साथै, कुल मृतकमध्ये तीन चौथाइभन्दा बढी पत्रकार द्वन्द्वग्रस्त क्षेत्रमा कार्यरत रहेका बेला मारिएका थिए ।

सीपीजेका अनुसार सन् २०२५ मा इजरायली आक्रमणबाट ज्यान गुमाएका ८६ सञ्चारकर्मीमध्ये ६० प्रतिशतभन्दा बढी गाजाबाट रिपोर्टिङ गरिरहेका प्यालेस्टिनी पत्रकार थिए । गाजामा जारी द्वन्द्वका क्रममा पत्रकारहरू उच्च जोखिममा परेको प्रतिवेदनमा जनाइएको छ ।
यद्यपि इजरायली सेनाले भने आफूले जानाजानी पत्रकारलाई निशाना नबनाउने दाबी गर्दै आएको छ ।
सीपीजेकी प्रमुख कार्यकारी अधिकृत जोडी गिन्सबर्गले वक्तव्य जारी सूचनामा पहुँच पहिलेभन्दा बढी महत्वपूर्ण भएको समयमा पत्रकारहरू रेकर्ड संख्यामा मारिनु गम्भीर चिन्ताको विषय भएको उल्लेख गर्दै समाचार संकलनकै कारण पत्रकार मारिँदा सबै जोखिममा पर्ने बताएकी छन् ।
प्रतिवेदनले द्वन्द्व क्षेत्रहरूमा प्रेस स्वतन्त्रता र पत्रकार सुरक्षाको अवस्था झन् जटिल बन्दै गएको निष्कर्ष निकालेको छ ।
#ChildHealth #ParentingTips #HealthAwareness #बालस्वास्थ्य #घुर्नेसमस्या #बालबालिकाकोस्वास्थ्य #HealthUpdate #MedicalAwareness #समसामयिकसमाचार #मुख्यसमाचार #NepalNews #HealthNepal #NepalUpdate #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



