

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भदौ २३ गतेको नरसंहारको जिम्मेवारी एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाले जिम्मेवारी लिनुपर्ने बताएका छन् ।
विहिबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले भदौ २३ को नरसंहारको जिम्मेवारी तत्कालिन प्रधानमन्त्री ओली र त्यति बेला काँग्रेसको नेतृत्वमा रहेका देउवाले लिनुपर्ने बताएका हुन् ।

उनले भने- एउटा कुरा मैले यो पनि प्रष्ट गर्न चाहन्छु । अहिलेको परिस्थिति जो बन्न गयो, २३ गते जो नरसंहार भयो, त्यसको निम्ति तत्काल सरकारमा रहेका पार्टीहरु, सरकारमा रहेका पार्टीहरु, सरकारको नेतृत्व गर्ने एमाले केपी ओलीजी र शेर बहादुर देउवा त्यतिबेला नेपाली काँग्रेसको नेतृत्वले जिम्मेवारी लिनुपर्छ । उहाँहरु जिम्मेवारी लिन जो पन्छिनुभएको छ त्यो गलत भएको छ । पहिलो कुरा, हामि प्रष्ट भन्न चाहान्छौं । २४ गते आगजनी र लुटपाट गर्नेहरुलाई पनि कारवाही गर्नुपर्छ । त्यहाँ निर पनि हामि प्रष्ट छौं ।’

त्यस्तै कार्यक्रममा प्रचण्डले चुनावमा कसैसँग तालमेल नगर्ने र यसका लागि कसैसँग छलफल समेत नभएको स्पष्ट गरेका छन् ।
मिडिया र सामाजिक सञ्जालमा नेकपा र एमालेबीच विभिन्न क्षेत्रमा समीकरणको सहमति भएको समाचार आएपछि प्रचण्डले यस्तो स्पष्टीकरण दिएका हुन् । प्रचण्डले पार्टीका एजेण्डाकै बलमा चुनावमा जाने बताउँदै आफूले चुनाव घोषणा भएको पहिलो दिनदेखि नै राख्दै आएको समेत बताएका छन्।
#Prachanda #Oli #Deuba #NepalPolitics #PoliticalAccountability #DemocracyNepal #समसामयिकसमाचार #मुख्यसमाचार #राष्ट्रियसमाचार #NepalNews #PoliticalUpdate #NepalUpdate #LeadershipNepal #ArghakhanchiCom #Arghakhanchidotcom #ArghakhanchiComHD



