प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले आज विहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेटी मोहन बैद्य पक्षलाई सरकारमा ल्याउने उपायबारे छलफल गर्नुभएको छ । माओवादीका बरिष्ठ उपाध्यक्ष मोहन बैद्य पक्षले प्रचण्डसंग सरकारको नेतृत्व परिवर्तनबारे सहमति भएको दावी गरिरहेको बेला भएको भेटमा वर्तमान सरकारलाई नै राष्ट्रिय स्वरुप दिनेबारे छलफल भएको बुझिएको छ ।
भेटमा माओवादीका उपाध्यक्ष तथा परराष्टमन्त्री नारयणकाजी श्रेष्ठ पनि सहभागी भएको छलफलका क्रममा प्रचण्ड र बैद्यबीच सोमबार भएको भनिएको सहमतिको बुंदाबारे कुराकानी भएको थियो । यसैबीच भारतीय राजदुत जयन्त प्रसादले पनि आजै विहान माओवादी प्रचण्डलाई भेटी वर्तमानत सरकारको स्थायित्व र समसामयिक विषयमा चासो ब्यक्त गर्नुभएको छ ।



