कोचिला राज्यको माग गर्दै पूर्वी थारुवान संगठनले पूर्वका ६ जिल्लामा आह्वान गरेको तीन दिने बन्द फिर्ता

कोचिला राज्यको माग गर्दै पूर्वी थारुवान संघर्ष समिति नामक संगठनले पूर्वका ६ जिल्लामा आह्वान गरेको तीन दिने बन्द फिर्ता लिएको छ । सरकारले उनीहरुसंग वार्ता गर्न पहल गरेपछि बन्दका कार्यक्रम स्थगित गरेको उक्त संगठनले जनाएको छ ।

 

बन्दका कारण पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुरको जनजीवन प्रभावित बनेको थियो । यी जिल्लाहरुमा यातायातका साधन सञ्चालन हुन सकेका थिएनन् भने बजार र शैक्षिक संस्था पनि अवरुद्ध बनेको थियो ।

 

पूर्वका ६ वटा जिल्लामा आन्दोलन गर्दै आएको उक्त संगठनले थारु समुदायका १५ हजार युवालाई नेपाली सेनामा सामूहिक प्रवेश गराउनुपर्ने, राज्यका हरेक अंगमा जातीय आधारमा प्रतिनिधित्व हुनुपर्ने, कोचिला राज्यको सुनिश्चितता हुनुपर्ने लगायतका माग अघि सारेको छ ।