निर्वाचन आयोगले खर्च विवरण नबुझाएको भन्दै दल दर्ता खारेजको चेतावनी दिएपछि आज माओवादी, कांग्रेस, एमाले लगायतका २२ दलले आज आफ्नो आयव्यय विवरण निर्वाचन आयोगमा बुझाएका छन् । दलहरुले २०६४ सालदेखि आयव्यय विवरण नबुझाएपछि आयोगले गत मंगलबार पत्रकार सम्मेलन गरी दल दर्ता खारेज गर्ने चेतावनी दिएको थियो ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त निलकण्ठ उप्रेतीले भोलि र पर्सी सार्वजनिक विदा परेकाले विवरण बुझाउने अन्तिम म्याद आगामी सोमबार सम्मका लागि तोकिएको जानकारी दिनुभयो ।