

त्यो भन्ज्यांगको बिचमा पर्यो ठुलो काडा घारी !

काडा काटी आउ भन्दा च्यात्ला तिम्रो सारी
कसरि पो दिन रात काट्नु तिम्लाई माया मारी !!

आउनै परे म नै आउछु त्यो काडालाई काटी

सुनको औठी ल्याई दिउला भैसी संग साटी !
अनि संगै बसौला है त्यहिँ मंगलबार राती

देउरालीलाई चढाउला है दुवै मिलि फुल पाती !!
जुनकिरीको उजेलोलाई पछ्याउदै म आउछु
जति कस्ट भएपनि तिम्लाई पाउन धाउछु !

मेरो लागि तिमी पनि कुर्छौ होलि मैन बाली
तिमी मेरी हुन्छौ की पक्कै पनि यस पाली !!




