राप्रपा नेपालका कमल थापाद्धारा मुलुकमा राजतन्त्रको पुर्नस्थापना हुन सक्ने दावी

राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा राजतन्त्रको पुर्नस्थापना हुन सक्ने दावी गर्नुभएको छ । आज काभ्रेको बनेपामा राप्रपा बाग्मती अञ्चल सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा उहाँले पछिल्लो समयमा राजसंस्थाप्रति जनताको आस्था र विश्वास बढ्दै गएको बताउनुभयो । राजसंस्था अझै पनि पाखा नलागी सकेको भन्दै थापाले नयाँ संविधान पनि बनी नसकेको अवस्थामा राजसंस्था पुनस्थापनाको संभावना बढेको बताउनु भयो ।

नेपालको भूराजनीति अवस्था, सामाजिक परिवेश, राजनीतिक पृष्ठभूमि र पाँच बर्षको देशको अभ्यास र घटनाक्रमले पनि राजासहितको प्रजातन्त्रको सान्र्दभिकता बढाएको थापाको भनाई थियो ।