

काठमाडौँ । निर्वाचनको जारी मतगणनामा चार उम्मेदारले ५० हजारभन्दा बढी मत प्राप्त गरेर विजयी भएका छन् ।
चारै जना राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रहेका छन् । रास्वपाका डा. लेखजंग थापाले रुपन्देही- ३ बाट ५८ हजार ८१४ मत प्राप्त गर्दै सबै भन्दा बढी मत प्राप्त गरेका छन् । उनले नेपाली काँग्रेसका सुशील गुरुङलाई ५० हजार ३७९ मत अन्तरले पराजित गरेका छन् ।

त्यस्तै रुपन्देही २ बाट रास्वपाकै सुलभ खरेलले ५६ हजार ५५० मत प्राप्त गर्दै विजयी भएका छन् । उनले नेकपा एमालेका विष्णु पौडेललाई ४३ हजार ६८९ मत अन्तरले पराजित गरेका छन् ।
त्यसैगरी रास्वपाकै रुबिना आचार्यले मोरङ- ६ बाट ५५ हजार ५१३ मत प्राप्त गरेर विजयी भएकी छन् । उनले नेपाली काँग्रेसका नेता डा. शेखर कोइरलालाई ४२ हजार ६६३ मत अन्तरले पराजित गरेकी छन् ।
त्यसैगरी रास्वपा सभापति रवि लामिछानेले ५४ हजार ४०२ मत प्राप्त गर्दै विजयी भएका छन् । उनले काँग्रेसकी मिना खरेललाई ३९ हजार ८३८ मत अन्तरले पराजित गरेका छन् ।
#ArghakhanchiElection #VoteCount #Lekhjung #ElectionWinner #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



