नेपाल-भारत गृहसचिव वार्ता सोमबार नयाँदिल्लीमा सुरु

नयाँदिल्ली  – नेपाल-भारत गृहसचिव वार्ता सोमबार नयाँदिल्लीमा सुरु हुँदैछ । दुई वर्षभन्दा बढी समयपछि हुन लागेको वार्तामा सहभागी हुन गृहसचिव सुशीलजंग राणा नेत्तृत्वको ११ सदस्यीय नेपाली टोली आइतबार यहाँ आइपुगेको छ । गृहबाहेक कानुन र परराष्ट्र मन्त्रालय, नेपाली र सशस्त्र प्रहरी तथा राष्टि्य अनुसन्धानका अधिकारीहरू पनि टोलीमा छन् ।

 

कार्यवाहक राजदूत खगनाथ अधिकारी तथा राजनीतिक मामिला हेर्ने यज्ञ हमालसहित यहाँस्थित नेपाली दूतावासका चार अधिकारी पनि दुईदिने वार्तामा सहभागी हुनेछन् । भारतीय पक्षको नेत्तृत्व गृहसचिव आरके सिंहले गर्नेछन् । सीमा सुरक्षा, जाली नोट कारोबारलगायत विषय प्रमुखताका साथ बैठकमा उठ्ने दुवै मुलुकका अधिकारीहरूले बताएका छन् ।