केपी ढुंगाना,
काठमाडौं – प्रहरीले व्यापारी पवन संघाईको अपहरणको मुख्य योजनाकार सभासद श्यामसुन्दर गुप्ता नै भएको सप्रमाण प्रस्तुती गरेको छ । आज राजधानीमा पत्रकार सम्मेलन गरेर प्रहरीले अपहरणको योजना गुप्ताले बनाएको पुष्टी गर्ने अडियो र भिडियो सार्वजनिक गरेर प्रहरीले गुप्तामाथिको आरोप पुष्टि गर्ने प्रयास गरेको हो ।
प्रहरीले गुप्ताले गरेको टेलिफोन कुराकानी, संघाईलाई बन्धक बनाइएको घर र अपहरणमा संलग्न अन्य व्यक्तिहरुको सुची सार्वजनिक गरेको छ । प्रहरीले सभासद गुप्ता र अपहरणकारीहरु इन्द्र गुरुङ, अमिर आचार्य, विकास तामाङ र किशोर पाण्डेलाई पत्रकार सम्मेलनमा उपस्थित गराएको थियो । प्रहरीका अनुसार उनीहरुले व्यापारी पवन संघाईबाट ८० लाख रुपैयाँ असुलेका छन् । अपहरणको योजनाकार गुप्ता सहितका अपहरणकारीहरुलाई हनुमानढोकामा राखिएको छ ।
ब्यापारी अपरहणको शिलशिला यसरी अगाडि बढेको देखिन्छ । पुष ७ गते विहान काठमाडौको कमलादी गणेशस्थानबाट पवनजी संघाईको अपहरण, सोही दिन अपरान्ह परिवारको मोवाईलमा फोन गरेर रेड मधेस आर्मीको तर्फबाबट विक्रान्त सिहले हतियार किन्न पैसा आवश्यक परेकोले अपहरण गरेको जानकारी ।
पुष ८ गते बन्धक संघाईको आवाज भरिएको रेकर्ड म्यासेज अपहरणकारीद्धारा फोनमा परिवारलाई सुनाएको, ९ गते फोनबाट २५ करोड फिरौती मागेको, १२ गते मधेसी रेड आमी र डिफेन्स आर्मीले संयूक्त नामबाट अपहरण गरेको दावी सहित विक्रान्त सिह र लामा थरका ब्यक्तिले नेपाली र हिन्दी भाषामा बोल्दै धम्की सहित २५ करोड फिरौती माग, १५ गते भारतीय मोवाईलबाट तीनै दुई ब्यक्तिले २० करोड माग र २७ गते संघाई अपहरण मुक्त भएका थिए । प्रहरीले फिरौती बापत १ करोड रुपैया तिरिएको दावी गरेको छ ।
प्रहरीका अनुसार अपहरणको अघिल्लो दिन अपराधीहरुले कुसुन्तीमा कामको जिम्मेवार बाडफाड गरेको, सभासद गुप्ताले किशोर पाण्डेलाई गणेशस्थानमा संघाईको पहिचान गराएको, पाण्डेले नै अपहरणको दिन माईक्रोबस सहित ४ जनाले माईक्रोबसमा राखि अपहरण गरेको गुप्ताले भद्रकालीमा आफ्नै गाडिमा बसेर अनुगमन गरेको, माईक्रोमा कुपण्डोल पुर्याएपछि रातो टाटा सुमोमा राखेर आकास लामा र विकास लामालाई बुझाएको थियो ।
त्यसपछि गुप्ताले स्कर्टीङ गर्दै संघाईलाई काभ्रेको सस्र्यूखर्क स्थित माया तामाङको घर पुर्याएका थिए । त्यसपछि पनि विकास लामाले गुप्तालाई सांघाईको अवस्था बारे पटक पटक जानकारी गराई रहन्थे । दुई पटक गुप्ता आफै गएर सुरक्षाको अवस्था बारेमा जानकारी समेत लिएका थिए ।
यस विचमा गुप्ताका मानिस श्याम गिरी र अमर थापाले रक्सौलबाट रेड आर्मी र डिफेन्स आर्मिको नामबाट धम्कि दिदै आएका थिए । र अन्ततः गुप्ता अपहरण मुक्त गर्ने मध्यस्थ कर्ता बनेर पैसा लिई अपहरण मुक्त गरेको प्रहरीले बताएको छ । त्यसपछि गुप्ताले ८० लाख फिरौती आएको भन्दै आकास लामा र विकास लामालाई चार चार लाख दिएको र बाँकी २० लाख छोरोको विवाह पछि दिने आश्वासन दिएका थिए । अन्य तीन जनालाई पनि चार चार लाख दिएर ६० लाख भने गुप्ताले आफै राखेका थिए ।
यसैवीच काठमाण्डू जिल्ला अदालतले व्यापारी अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका सभासद् तथा पुर्वमन्त्री श्याम सुन्दर गुप्तालाई आज चार दिन थुनामा राख्न अनुमति दिएको छ । न्यायाधिश भोजराज शर्माको इजलाशले अनुसन्धानका लागि हिरासतमा राखेर आवश्यक अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो । हिजो भैरहवाबाट पक्राउ परेका गुप्तालाई हिरासतमा राख्ने म्याद थपका लागि प्रहरीले जिल्ला अदालत काठमाण्डू पु