अब बन्ने सरकारले शपथअघि जेन–जी आन्दोलनजस्तो घटना दोहोरिन नदिने संकल्प गरोस्ः रक्षा बम

 

जेन–जी अगुवा रक्षा बमले अब बन्ने सरकारले भदौ २३ र २४ मा भएको जस्तो घटना पुनः दोहोरिन नदिने ग्यारेन्टी दिनुपर्ने बताउनुभएको छ ।आईतवार माईतीघर मण्डलामा  कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले सरकार गठनअघि नै यस्तो नियति नेपाली जनताले फेरि भोग्न नपर्ने प्रतिवद्धता गर्नुपर्ने जिकिर गर्नुभयो । अब बन्ने सरकारले शपथ लिनुअघि जेन–जी पुस्तासँग संकल्पन गर्नुपर्ने उहाँको भनाइ छ । उहाँले राज्य शक्तिशाली भएपनि नागरिकमाथि दमन गर्न नपाइने स्पष्ट सन्देश दिनुपर्ने बताउनु भयो । बमले सुशासनका विषयमा सरकार सकारात्मक हुने अपेक्षा व्यक्त गर्दै जनताका तर्फबाट खबरदारीपूर्ण समर्थन रहने बताउनु भयो ।

उहाँले भन्नुभयो,‘एउटा महत्वपूर्ण कुरा के हो भने अब बन्ने सरकारले भदौ २३ र २४ को नियति फेरि नेपाली जनताले भोग्नु नपर्ने ग्यारेन्टी चाहीँ हामीलाई दिनुपर्छ । उनीहरुले शपथ ग्रहण गर्नु अगाडि हामीसँग पनि एक किसिमको संकल्प गर्नुपर्छ होला कि यस्तो नियति फेरि नेपाली जनताले भोग्नु नपरोस् । जनताका छोराछोरी मार्न पाइँदैन । जतिसुकै शक्तिशाली सरकार भएपनि जनताका छोराछोरी मार्न पाइँदैन भन्ने स्पष्ट सन्देश बुझ्नुपर्छ । अरु त समयक्रमसँगै परिवर्तन हुने कुराहर हुन् । उहाँहरुले सुशासनका कुरा बुझ्नुभएको छ । त्यसैले आशावादी रहँदै खबरदारीपूर्ण समर्थन गर्छौँ ।’

उहाँले समयक्रमसँगै अन्य विषय परिवर्तन हुन सक्ने भए पनि नागरिक सुरक्षाको ग्यारेन्टी पहिलो प्राथमिकता हुनुपर्ने धारणा राख्नुभयो ।

 

Nepal life insuranceimagesimages