काँग्रेस सभापति थापासहितका नेताहरुको प्रधानमन्त्री कार्कीसँग भेटवार्ता

 

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीसँग नेपाली कांग्रेसका सभापति गगन थापासहितको टोलीले भेटवार्ता गरेको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएको विषयमा छलफल भएको थियो । सभापति थापाले सो अवसरमा शान्तिपूर्ण निर्वाचन सम्पन्न गरेकोमा सरकारलाई धन्यवाद दिएका थिए ।

सो भेटमा सभापति थापासहित काँग्रेस उपसभापतिद्वय विश्वप्रकाश शर्मा र पुष्पा भुसाल सहभागी थिए भने सरकारका गृहमन्त्री ओमप्रकाश अर्याल समेत सहभागी थिए ।

 

Nepal life insuranceimagesimages