

भारतको पूर्वी राज्य ओडिसाको एक सरकारी अस्पतालमा आगलागी हुँदा१० जनाको मृत्यु भएको छ भने अन्य केही घाइते भएका छन् । राज्यको कटक जिल्लामा रहेको एससीबी मेडिकल कलेज तथा अस्पतालको सघन उपचार कक्ष (आईसीयू) भित्र आगलागी भएको हो । घाइतेमध्ये पाँच जनाको अवस्था गम्भीर रहेको बताइएको छ ।

अधिकांश पीडितहरू उक्त दुर्भाग्यपूर्ण अस्पतालको आईसीयूमा भर्ना भएका बिरामीहरू थिए । प्रारम्भिक रिपोर्टहरूले आगलागीको कारण सर्ट सर्किट भएको बताएका छन् ।



