

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डा. स्वर्णिम वाग्लेले निर्वाचनमा रास्वपाले एतिहसिक जनादेश पाएको बताउदै यसलाई जोगाएर लैजाने बताएका छन् ।
आजदेखि शुरु भएको नवनिर्वाचित प्रतिनिधि सभा सदस्यका लागि अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति डा. वाग्लेले रास्वपाले निर्वाचनमा अत्यन्त गरुङ्गो जनादेश पाएको र यसलाई बचाएर जोगाएर लैजानु पर्ने चुनौती रहेको बताएका हुन् ।

उनले २०१५ सालमा विपी कोइराला नेतृत्वको काँग्रेसले पाएको जनादेश भन्दा पनि अभूतपूर्व भएको बताएका छन् । उनले यस अघि दलहरुले पाएका जनादेशबाट के सिक्ने र नसिक्ने भन्नेमा स्पष्ट हुनुपर्ने बताएका छन् । उनले सांसदहरुको मुख्य काम कानुन बनाउनु पर्ने भएपनि आफ्नै सरकार भएपनि प्रश्न गर्नुपर्ने र आवाज बुलन्द गर्नुपर्नेमा जोड दिए ।
उनले आर्थिक विकास निर्माणमा ध्यान दिनुपर्ने बताउदै बाचा पत्र अनुसार सिस्टम बसाल्नेमा रास्वपाको सरकार केन्द्रित हुने बताए । उनले भने- ‘नेपाली जनताले रास्वपालाई काम गरेर देखाउनुपर्ने जनादेश दिनुभएको छ । यो ऐतिहासिक जनादेशको सम्मान गरेर काम गर्नुपर्ने जिम्मेवारी रहेको छ ।’

उनले नवनिर्वाचित सांसदहरुलाई प्रजातान्त्रिक व्यवस्थाको नियम सिक्नुपर्ने भन्दै गम्भीर भएर पदको गरिमालाई न्याय गर्न थप मिहिनेत गर्नुपर्नेमा जोड दिएका छन् । उनले संविधानप्रति प्रतिबद्ध रहेको बताउदै संबिधानकै दयारामा रहेर यसलाई सुधार गर्ने स्पष्ट गरे ।
उनले सांसदहरुलाई २०७९ र यस पटकको बाचा पत्र पढ्न आग्रह गर्दै रास्वपा कुन स्प्रिटमा जन्मियो भन्ने अध्ययन गर्न सुझाव दिएका छन् । त्यस्तै उनले अब सांसदहरुको जीवनशैली पारदर्शी हुनुपर्ने भन्दै जुन कुराका लागि पुराना दललाई गाली गरियो त्यो दोहोराउने छुट नभएको स्पष्ट गरेका छन् ।
#RSP #SwarnimWagle #NepalPolitics #Election #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



