

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूहरु वर्तमान संविधानप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ । बुधवार पार्टीका सांसदहरुको अभिमुखिकरण कार्यक्रमलाई समापन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । सभापति लामिछानेले शासकीय स्वरुपमा भने केही न केही सुधार हुनुपर्छ भन्नेमा आफूहरु रहेको समेत स्पष्ट पार्नुभयो ।

सभापति लामिछानेले वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिवद्धता नडग्मगाएको उल्लेख गर्र्दै त्यसलाई पार्टीका सांसदहरुले डगमगाउन नहुने विश्वास समेत व्यक्त गर्नुभयो । उहाँले पुराना नेताहरुले मुलुकमा पु¥याउनु भएको योगदानलाई नजरअन्दाज गर्ने काम पनि गर्न नहुने बताउनु भयो ।

सभापति लामिछानेले भन्नुभयो, ‘वर्तमान व्यवस्था, वर्तमान संविधानप्रति प्रतिवद्ध छु । शासकीय स्वरुपमा सामथ्र्य पुग्दा केही न केही सुधार चाहिएको छ भन्ने कुराको हामीलाई हेक्का छ । तर वर्तमान व्यवस्था, वर्तमान परिवर्तन, वर्तमान संविधानप्रति हाम्रो प्रतिवद्धता डगमगाएको छैन । डगमगाउने वाला पनि छैन । र, यहाँहरुले पनि डगमगाउन दिनुहुने छैन । भन्ने मैले विश्वास लिएको छु । इतिहास रच्नमा एउटा नेता, एउटा मान्छेको हात हुँदैन । एउटा पार्टीको मात्रै हात हुँदैन । विभिन्न पुराना राजनीति दलका नेताहरुले त्याग र तपस्या गरेर आज हामीलाईं यो दिन ल्याउनु भएको छ । उहाँहरुका कयौ बेथितिहरुप्रति हाम्रो प्रश्न हो । तर इतिहासमा उहाँहरुले दिनु भएको योगदानलाई नजरअन्दाज गर्ने त्यसलाई अपमानित गर्ने हक हामी कसैलाई पनि छैन ।’
सभापति लामिछानेले पुराना दलका नेताहरुले दिनु भएको योगदानलाई अपमानित गर्ने हक कसैलाई पनि भएको बताउनु भयो ।
#रविलामिछाने #RSP #संविधान #NepalPolitics #राजनीति #नेपालसमाचार #Leadership #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



