कांग्रेस सभापतिबाट थापाले दिए राजीनामा

 

 नेपाली कांग्रेसका सभापति गगन थापाले पदबाट राजीनामा दिएका छन् । कांग्रेस केन्द्रीय कार्यसमिति बैठक अघि थापाको राजीनामा आएको हो । बैठक शुक्रबार बोलाइएको छ ।

गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले बुधबार राति उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् । तर, थापाले दिएको राजीनामा पत्र भने सार्वजनिक गरिएको छैन।

गएको पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा भएको कांग्रेसको विशेष महाधिवेशनबाट थापा पार्टी सभापति बनेका थिए। विशेष महाधिवेशनले थापाको नेतृत्वमा कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको थियो। यसअघि काठमाण्डु–४ बाट निर्वाचित हुँदै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार थिए । उनलाई रास्वपाका डा. अमरेशकुमार सिंहले पराजित गरेका हुन् ।

चुनावी नतिजापछि राजीनामाको तयारी गरेका थापालाई पार्टीका विभिन्न तहका नेताहरुले राजीनामा नदिन सुझाव दिँदै आएका थिए ।

#कांग्रेस #NepalPolitics #राजनीति #BreakingNews #PoliticalNews #नेपालसमाचार #Leadership #नेपाल #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages