प्रतिनिधिसभा निर्वाचनमा ३ अर्ब ५४ करोड खर्च

 

काठमाडौं । निर्वाचन आयोगले गत फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको छ ।

आयोगले विहिबार पत्रकार सम्मेलन गरेर निर्वाचन आयोगबाट ३ अर्ब ५४ करोड २८ लाख ७९६ रुपैयाँ खर्च भएको जानकारी दिएको हो ।

निर्वाचन प्रयोजनका लागि ७ अर्ब ८१ करोड ५ लाख ७६ हजार रुपैयाँ माग गरेकोमा अर्थ मन्त्रालयबाट ६ अर्ब ७६ करोड ६६ लाख ९० हजार रुपैयाँको स्रोत सहमति प्राप्त भएको जानकारी दिएको छ । खर्चको दायित्व सिर्जना भएकोमध्ये केही रकम भुक्तानी गर्न बाँकी रहेको आयोगले जानकारी दिएको छ ।

आयोगका अनुसार निर्वाचन खर्चलाई मितव्ययी बनाउन आयोगबाट यसअघि खरिद भएका सामग्री प्रयोगको नीति लिइएको र सामग्री खरिदमा सरकारको स्वमित्वमा रहेका संगठित संस्थासँग सम्झौता गरी खरिद गरिएको बताएको छ ।

आयोगले ५० प्रकारका निर्वाचन सामग्रीमध्ये ३७ प्रकारका निर्वाचन सामग्री प्रदेश तथा जिल्ला निर्वाचन कार्यालयहरूबाटै खरिद गरिएको थियो भने १३ प्रकारका सामग्री आयोगबाट खरिद भई जिल्लागत रूपमा ढुवानी गरिएको जनाएको छ ।

#निर्वाचन #प्रतिनिधिसभा #खर्च #नेपाल #राजनीति #समाचार #budget #election #Nepal #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages