

नलाएको हैन माया हाम्रो जुनी भरिलाई !

नगाएको हैन गित उनको याद आइदिदा
नगरेको हैन प्रित उनि टाढा भइदिदा !!

तिनी काली पाएपुग्छ चाहिदैन मलाई सेती

चट्टान नै भएपनि लगाउने छु त्यहाँ खेती !
रमाउने छ मेरो प्रित त्यहिँ चट्टानको बीच

उनको माया पलाउने छ घाम पानी सित !!
उनको दर्सन पाउन भनि मैले धेरै कुरेको
फुलको माला उनलाई दिन धेरैभो उनेको !

उनि आउने बाटो हेर्दै कल्पनानै उनैको
हुन्छ मात्रै भनि दिए दिन्थे हार सुनैको !!
सम्झना त कति कति मेरी काली उनिको

देखौ भेटौ भई रहने कस्तो रोग लागेको !
सोचाई हेराई जता ततै उनकै छाया देखेको
उनलाई भुल्न नसकेरै यो कविता लेखेको !!




