आज (शुक्रवार) का लागि विदेशी मुद्राहरूको विनिमयदर: अस्ट्रेलियन डलर, युरो र पाउन्डको मूल्य घट्दा बहराइन दिनारको बढ्यो

 

नेपाल राष्ट्र बैंकले आज ( शुक्रवार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। हिजो हालसम्मकै सबैभन्दा महँगो बनेको अमेरिकी डलरको मूल्य आज रहँदा धेरैजसो मुद्राको भाउ घटेको छ। तर, बहराइन दिनारको मूल्य भने थोरै बढेको राष्ट्र बैंकले जनाएको छ।   आज अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती दिनारसहितका मुद्राको मूल्य घटेको हो।

आज अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा छ। अमेरिकी डलरको यो विनिमयदर हालसम्मकै सबैभन्दा महँगो हो।

हिजो पनि अमेरिकी डलरको विनिमयदर यही थियो।

त्यसैगरि आज युरो १ को खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ५९पैसा र बिक्रीदर १७१ रुपैयाँ २८ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९८ रुपैयाँ २५ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ९२ पैसा र बिक्रीदर १०५ रुपैयाँ ३५ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४८२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ४८४ रुपैयाँ ४१ पैसा छ। हिजो पनि कुवेती दिनारको विनिमयदर यही थियो।

आज बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ७९ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३९१ रुपैयाँ ७४ पैसा र बिक्रीदर ३९३ रुपैयाँ ३३ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ।

हेर्नुहोस् सबै मुद्राको विनिमय दर

#ForexNepal #ExchangeRate #CurrencyUpdate #AUD #Euro #Pound #BHD #NepalMarket #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimages