अध्ययन भन्छ- फोनको एउटा नोटिफिकेशनले ७ सेकेन्ड दिमाग रोक्ने

 

काठमाडौँ । मोबाइल फोनका नोटिफिकेशनले मानिसको ध्यान र काम गर्ने गति असर पार्ने तथ्य नयाँ अनुसन्धानले देखाएको छ । आवश्यक काममा ध्यान केन्द्रित भएको बेला आएको एउटा सानो नोटिफिकेशनले पनि दिमागको प्रक्रिया केही सेकेन्डसम्म रोक्ने वा भंग गर्ने देखिएको हो ।

‘कम्प्युटर्स इन ह्युमन बिहेवियर’ नामक जर्नलमा प्रकाशित उक्त अध्ययनअनुसार सामाजिक सञ्जालको एउटा मात्र सूचना आए पनि करिब ७ सेकेन्डसम्म ध्यान विचलित हुन्छ । अनुसन्धानकर्ताले १८० जना विश्वविद्यालयका विद्यार्थीमा ‘स्ट्रूप परीक्षण’ मार्फत ध्यान र एकाग्रता मापन गरेका थिए । परीक्षणका क्रममा अचानक फोनमा सूचना पठाउँदा सहभागीको दिमागको काम गर्ने गति केही समयका लागि सुस्त भएको पाइएको हो ।

अनुसन्धानमा व्यक्तिगत भावना वा लक्ष्यसँग जोडिएका सन्देशले झन् बढी असर पार्ने पनि देखिएको छ । विशेष व्यक्तिबाट आएको सन्देशजस्ता सूचनाले ध्यान अझ छिटो भंग हुने तथ्य उजागर भएको हो ।

अध्ययनले दिनभर कति समय फोन चलाइयो भन्ने भन्दा पनि बारम्बार फोन जाँच्ने बानी बढी हानिकारक हुने निष्कर्ष निकालेको छ । लगातार एकैपटक फोन प्रयोग गर्नु भन्दा कामको बीच-बीचमा पटक-पटक फोन खोल्दा ध्यान टुक्रिने र काममा फर्कन समय लाग्ने बताइएको छ ।

स्विट्जरल्यान्डस्थित लुसाने विश्वविद्यालयका अनुसन्धानकर्ता हिप्पोलाइट फर्नियरका अनुसार दिनभर आउने सूचनाको संख्या र फोन जाँच्ने बानीले ध्यान बिग्रिने समस्या सीधै सम्बन्धित छ । उनले स्मार्टफोनको टुक्राटुक्रा प्रयोग नै मानिसको एकाग्रता कमजोर बनाउने मुख्य कारण रहेको बताएका छन् ।

#StudyFindings #MobileAddiction #Notifications #BrainFocus #DigitalDistraction #TechImpact #ResearchNews #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages