मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी छः प्रवक्ता सापकोटा

 

हाल मध्यपूर्वमा भइरहेको द्वन्द्वका कारण नेपालीहरुमा मानसिक त्रास बढ्दो क्रममा रहेको छ ।  मध्यपुूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास बढी रहेको गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रवक्ता सोमनाथ सापकोटाले जानकारी दिनुभयो । उहाँकाअनुसार बद्दो मानसिक त्रासका कारण स्वदेश फर्किन चाहने नेपालीहरुको संख्या पनि बढ्दो रुपमा रहेको छ । यस क्षेत्रमा २० लाख भन्दा बढी नेपाली श्रमिकहरु कार्यरत रहेका छन् । नेपाल सरकारले नेपाल फर्किन चाहने नेपाली श्रमिकहरुलाई राजदुतावासले उपलब्ध गराउने फारम भर्न अनुरोध गरेको छ ।

हाल पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेको प्रवक्ता सापकोटाले बताउनु भयो । नेपाल फर्किन चाहेका श्रमिकहरुसँग खर्च अभाव देखिएको उहाँको भनाई छ । उहाँले नेपाल फर्किन चाहेका र खर्च नभएको नेपालीहरुको उद्धारका लागि संघले ‘वैदेशिक रोजगार कल्याणकारी कोष’ स्थापना गरेको जानकारी दिनुभयो । सोही कोषमार्फत उद्धारको तयारी भइरहेको उहाँको भनाई छ । संघको १२ औँ महाधिवेशन सम्पन्न भएपछि बसेको विस्तारित बैठकले ५ करोड रुपैयाँको कोष स्थापना गर्ने निर्णय गरेको हो । उक्त कोषलाई बढाएर १० करोड रुपैयाँसम्म पु¥याइने लक्ष्य राखिएको उहाँले जानकारी दिनुभयो । उहाँले कोषको रकम उद्धारको साथै श्रमिकहरुको सुरक्षाको लागि खर्च गरिने बताउनु भयो । साथै तेस्रो मुलुक जानको लागि मध्यपूर्वमा ट्रान्जिट भइ अलपत्र परेका नेपालीहरुको व्यवस्थापनमा खर्च गरिनेछ ।

प्रवक्ता सापकोटाकाअनुसार हालसम्म मध्यपूर्वको द्वन्द्वमा परि दुई नेपालीको मृत्यु भएको छ । धेरै नेपालीहरु असुरक्षा महशुस गरिरहेका छन् । असुरक्षित महशुस गरेका नेपालीको उद्धारको लागिक परराष्ट्र मन्त्रालयसहित नेपाल सरकारका निकायहरूसँग समन्वय गरेर संघले उद्धार टोली परिचालन गरेको उहाँले जानकारी दिनुभयो । उक्त टोलीमा एनआरएनएको अन्तर्राष्ट्रिय समन्वय परिषद्, राष्ट्रिय समन्वय परिषद् र अन्य सरोकारवाला निकायका प्रतिनिधिहरू सहभागी छन् ।

उहाँले भन्नुभयो, ‘यो अफ्ठ्यारो परिस्थितिमा मध्यपूर्वका देशमा २० लाख नेपालीहरु वैदेशिक रोजगारमा हुनुहुन्छ, सबै देशमा गैरआवासीय नेपाली संघका राष्ट्रिय परिषद्हरु पनि छन् । १२ औँ महाधिवेशन सम्पन्न भईसकेपछि हामीले वर्तमान अवस्थामा महत्वका साथ सरकारलाई सहयोग गर्दै त्यहाँ भएका नेपालीहरुको समस्या समाधानमा हामी एकजुट भएका छौँ । हामीले हालैको विस्तारित बैठकबाट वैदेशिक रोजगार कल्याणकारी कोषको स्थापना गरेका छौँ । कोषको माध्यामबाट त्यहाँ रहेका नागरिकहरुको उद्धारदेखि आवश्यक सहयोग गर्नेछौँ । कोषलाई हामीले पहिलो बैठकबाट ५ करोड पु¥याउने र त्यसपछि थप १० करोड पु¥याउने र आवश्यक परेमा त्यहाँका राष्ट्रिय परिषद्हरुसंको समन्वयमा आर्थिक संकलन गरेर उहाँहरुलाई उद्धार गर्ने, सहयोग गर्नेमा लगाउँनेछौँ । हामीलाई जानकारी भएअनुसार अहिलेसम्म दुई जना नेपालीको मृत्यु भएको छ । नेपाल सरकारले अहिले अफ्ठ्यारो परेमा नेपालमा फर्किनको लागि आवेदन दिन आग्रह गरेको छ । हाम्रो पनि राष्ट्रिय समन्वय परिषद्, क्षत्रिय समन्वय समितिले पनि समन्वय गरिरहेको छ । अहिलेसम्म पाँच सय भन्दा बढीले नेपालमा फर्किन चाहेका छन्, उनीहरु आफ्नै खर्चमा फर्किन नसक्ने अवस्था रहेको हामीले सूचना पाएका छौँ । त्यसको लागी गैरआवासीय नेपाली संघले तत्काल प्राथमिकताका आधारमा कसरी गर्न सकिन्छ भनेर तयारी गरिरहेका छौँ । सरकारले पनि टिम बनाएर नजिकबाट काम गरिरहेको छ । परराष्ट्र मन्त्रालय र गैरआवासीय नेपाली संघका केन्द्रिय कार्यलयका पदाधिकारीहरु र राष्ट्रिय समन्वय परिषदका अध्यक्ष रहेको रेस्क्यु टिम छ, त्यसले त्यहाँ रहेका नेपालीहरुलाई त्यहाँ रहेको अफ्ठ्यारो परिस्थितिबाट जोगाउन सहयोग गरिरहेका छौँ ।’ 

प्रवक्ता सापकोटाले मध्यपूर्वमा हाल बाहिर फैलिएको जस्तो भयावहको स्थिति नभएपनि युद्धले

आगामी दिनमा लिने रुप भने यकिन गर्न कठिन रहेको बताउनु भयो । मध्यपूर्वमा भौतिक क्षतिभन्दा मानसिक त्रास नै बढी रहेको उहाँले दोहो¥याउनु भयो । उहाँले आगामी दिनमा स्थिति अझ जटिल हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर सरकार र संघ दुवै सचेत भएर काम गरिरहेको बताउनु भयो । उहाँकाअनुसार संघले मध्यपूर्व हुँदै अन्य देश जाने नेपालीहरूलाई अस्थायी बसोवास, मार्गदर्शन र सहयोग प्रदान गर्ने गरेको छ । उहाँले श्रमिकहरुको उद्धार तथा सुरक्षाको लागि विभिन्न देशमा फरक–फरक परिस्थितिअनुसार छुट्टाछुट्टै रणनीति अपनाउनुपर्ने भएकाले त्यसअनुसार योजना बनाइएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘त्यहाँ जति हामीले बाहिर सुनिरहेका छौँ, त्यो जस्तो छैन । त्यहाँ भएको क्षति भन्दा पनि बढी मानसिक त्रास हो । भोलि युद्धले कुन रुप लिने हो हिसावले त्यहाँ त्रास छ । ठूलो संख्यामा नेपालीहरु यो क्षेत्रमा भएको हुनाले यो भयानक स्थिति आउनसक्छ भनेर सरकार पहिले नै अप्रिय घटना नहोस् भन्नको लागि सजक छ । हामी पनि सरकारलाई सघाउँदै आएका छौँ । राष्ट्रिय समन्वय समिति र क्षेत्रिय समितिहरुलाई परिचालन गरेर हामीले त्यहाँ भएका नेपालीहरुलाई सम्पर्कमा आउन र उनीहरुलाई रेस्क्यू गर्नको लागि काम भइरहेको छ । त्यो मात्रै होइन, अर्को एउटा समुदाय पनि छ, जुन मध्यपूर्व भएर अरु देश जाने पनि हुनुहुन्छ । उहाँहरुलाई पनि गैरआवीय नेपालीको समन्वयमा केही दिनको बसाईंलाईं सहयोग गर्ने, गाईड गर्ने लगायतका काम पनि भएका छन् । तर जतिपनि हामीले बाहिर सुनिरहेका छौँ, त्यस्तो छैन । यद्यपि यो स्थिति अझै भयानक हुनसक्छ भन्ने आँकलन छ । त्यसैलै समस्या भइसकेपछि समाधान गर्न अफ्ठ्यारो पर्नसक्छ, किनभने त्यो संख्या अत्यन्तै ठूलो छ । त्यसैले सरकार र हामी सबै शतर्क भएर त्यहाँ भएका नेपालीको उद्धार गर्नुपर्छ भन्नेमा छौ । त्यसमा सरकारले पनि आफ्नो तर्फबाट प्रयास गरिरहेको छ, गैरआवासीय नेपाली संघको तर्फबाट पनि हामी सक्दो प्रयास गरिरहेका छौँ । त्यहाँका नेपालीसँग हामी प्रत्यक्ष सम्पर्कमा छौँ । त्यहाँ प्रत्येक देशमा फरकफरक खालको निर्णय हुनुपर्छ, एउटै खालको निर्णयले सबैलाई समेट्न नसक्ने परिस्थिति पनि आउन सक्छ, त्यसमा पनि हामीले सजकता अपनाएका छोँ । भोली कुनै अप्रिय घटना भईसकेपछि राज्यले कसरी त्यसको व्यवस्थापन गर्नसक्छ, भन्नेमा पनि हामीले राज्यलाई योजनाहरु प्रश्तुत गरेका छौँ । पहिलो चाहीँ राहत र उद्धार नै हो, उहाँहरु अफ्ठ्यारोमा हुनुहुन्छ । राहत र उद्धार गर्ने विषयमा हामी काम गरिरहेका छौँ । हामीलै हाम्रो सबै ध्यान त्यस क्षेत्रमा फोकस गरेका छौँ ।’ 

उहाँले सरकार र संघ दुवैले सम्भावित संकटलाई ध्यानमा राखेर राहत तथा उद्धारलाई पहिलो प्राथमिकताका राखेको जानकारी दिनुभयो । द्वन्द्वको कारण ठूलो संख्यामा नेपालीहरू प्रभावित हुन सक्ने भएकाले समस्या उत्पन्न हुनुअघि नै तयारी सुदृढ पार्ने प्रयास जारी रहेको उहाँको भनाई छ ।

#MiddleEast #WarImpact #MentalStress #ConflictZone #GlobalNews #Spokesperson #NepalNews #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD

Nepal life insuranceimagesimagesimages