

काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली साथै स्थानीय वायूको प्रभाव रहेको जानकारी दिएको छ ।
हाल कोशी, मधेश र बागमती प्रदेश लगायत बाँकी पहाडी र हिमाली भू-भागमा साधारणतया बादल तथा बाँकी तराई भू-भागमा आँशिक बादल लागेको छ। कोशी र मधेश प्रदेशका केहि स्थानहरूमा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरुमा मध्यम सम्मको वर्षा/हिमपात भईरहेको छ ।

आज दिउँसो देशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र तराई भू-भागमा आँशिक बादल लाग्नेछ भने देशको पहाडी र हिमाली भु-भागका थोरै स्थानहरू तथा कोशी र लुम्बिनी प्रदेशको तराई भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
त्यस्तै आज राती देशको हिमाली भू-भागमा साधारणतया बादल लाग्नेछ र बाँकी पहाडी भू-भागमा आँशिक बादल लाग्नेछ तथा बाँकी तराई भू-भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षा/हिमपातको सम्भावना रहेको छ ।
#WeatherUpdate #NepalWeather #RainForecast #Thunderstorm #WeatherAlert #TodayWeather #ArghakhanchiCom #ArghakhanchiDotCom #ArghakhanchiComHD



