कांग्रेसको केन्द्रीय समितिबाट सभापति गगन थापाको राजीनामा अस्वीकृत

 

काठमाडौं । नेपाली कांग्रेसले सभापति गगन थापाको राजीनामा अस्वीकृत गरेको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको बैठकले सभापति थापाको राजीनामा अस्वीकार गरेको प्रवक्ता देवराज चालिसेले  जानकारी दिएका छन् ।

उनले भनेका छन्- ‘सभापति श्री गगनकुमार थापाले फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामलाई लिएर यसको नैतिक जिम्मेवारी लिँदै उपसभापति समक्ष विधानको धारा २६ (१) वमोजिम पेश गर्नुभएको राजीनामालाई केन्द्रीय कार्यसमितिको यस बैठकले सर्वसम्मत रूपमा अस्वीकृत गर्ने निर्णय गरेको छ ।’

यसअघि निर्वाचनमा पार्टी हारको नैतिक जिम्मेवारी दिँदै थापाले पदबाट राजीनामा दिएका थिए । पार्टी केन्द्रीय कार्यालय सानेपामा शुक्रबार र आज आइतबार बसेको केन्द्रीय समितिको बैठकले थापाले सभापतिबाट दिएको राजीनामा अस्वीकार गर्ने प्रस्ताव पारित गरेको प्रवक्ता चालिसेले बताए ।

यसअघि शुक्रबार कांग्रेस उपसभापति विश्वप्रकाश शर्माले सभापतिको राजीनामा अस्वीकार गर्ने प्रस्ताव बैठकमा पेश गरेका थिए ।

 

Nepal life insuranceimagesimagesimages