प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले सरकार युवा जनशक्तिको बढ्दो विदेश पलायन रोक्न प्रयासरत रहेको बताएका छन् । राष्ट्रिय वाणज्यि बैंकको ४७ औँ वाषिर्कोत्सवका अवसरमा आज काठमाडौमा आयोजित कार्यक्रममा भट्टराईले स्वदेशमै रोजगारीको अवसर सिर्जना गरी युवा जनशक्ति विदेश पलायन हुने क्रम रोक्नका लागि विशेष योजना ल्याउन लागिएको जानकारी दिए ।
मुलुकमा रोगजारीको अवसर नहुँदा युवाहरु कामको खोजिमा विदेशिने गरेको भन्दै प्रधानमन्त्रीले रोगजारीको अवसर सिर्जना गर्नका लागि लगानीको नयाँ क्षेत्र पहिल्याउन निजी क्षेत्रलाई आग्रह गरे । सरकार तीन खम्बे आर्थिक नीतिअनुसार मुलुकको आर्थिक विकासमा अघि बढ्न तयार रहेको उनको प्रतिबद्धता थियो ।



