बालेन शाह रास्वपाको संसदीय दलको नेता चयन

 

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको नेता चयन गरेको छ ।

विहिबार केन्द्रीय कार्यालय बनस्थलीमा बसेको संसदीय दलको बैठकले बालेनलाई सर्वसम्मत संसदीय दलको नेता चयन गरेको हो  ।

योसंगै अब बालेन शाह देशको नयाँ प्रधानमन्त्री बन्ने औपचारिकरुपमा निश्चित भएको छ ।

यस अघि रास्वपाको केन्द्रीय समिति बैठकले बालेन शाहलाई  संसदीय दलको नेता चयन गर्ने प्रस्ताव सर्वसम्मत रूपमा पारित गरेको थियो । सभापति रवि लामिछानेको प्रस्तावमा सो प्रस्ताव सर्वसम्मत पारित भएको थियो  ।

अब बालेनले भोली शुक्रबार प्रधानमन्त्री पदको शपथ लिने तयारी गरेका छन् ।

#BalenShah #RastriyaSwatantraParty #ParliamentaryPartyLeader #RSP #ArghakhanchiCOM #ArghakhanchiDOTCOM #ArghakhanchiCOMHD

Nepal life insuranceimagesimagesimages