भारतको ६३ औं गणतन्त्र दिवसको अवसरमा भारत सरकारले नेपालका विभिन्न संघ संस्थाहरुलाई बस र एम्बुलेन्स उपहार प्रदान गरेको छ ।
काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासमा आज आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदूत जयन्त प्रसादले विभिन्न संघसंस्थाहरुलाई २० वटा एम्बुलेन्स र ४ वटा बसहरु उपहार स्वरुप प्रदान गर्नुभयो ।
त्यसैगरी विभिन्न नगरपालिकाहरुको प्रयोगका लागि स्थानीय विकास मन्त्रालयमार्फत दुई सय वटा फोहर उठाउने ठेला उपहार प्रदान गरिएको थियो । कार्यक्रममा नेपाली सेनाको ब्याण्डले नेपाल र भारतको राष्ट्रिय धुन प्रस्तुत गरेको थियो ।