

काठमाडौँ महानगरकी कार्यवाहक मेयर सुनिता डंगोलले प्रधानमन्त्री बालेन शाहलाई भेटेर बधाई दिदै महानगरपालिका केन्द्रीय सररकारसँग सहकार्य गर्दै अघि बढ्न तयार रहेको बताएकी छन् ।

सुनिताले सामाजिक सञ्जालमा लेख्दै मुलुकको सबै भन्दा ठूलो र पुरानो महानगरपालिका काठमाडौं महानगरको मेयर पद र म उपमेयर पदमा निर्वाचित भएपछि करीब साढे तीन वर्ष सँगसँगै काम गरेको स्मरण गरेकी छन् ।

उनले भनेकी छन्- ‘आज आम नेपाली आमा-बुबा, दाजु-भाई, दिदी-बहिनीको मन जितेर तपाईँले सांसद हुँदै प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारी प्राप्त गर्नुभएको छ । तपाईंले प्राप्त गरेको जिम्मेवारीप्रति काठमाडौं महानगरपालिका र मेरो व्यक्तिगत तर्फबाट पनि बधाई ।’
नवयुवाहरुको अभूतपूर्व आशा, भरोसा र विश्वासको गहकिलो जिम्मेवारी काँधमा बोकेर युवा उमेरका शाहले देशकै कार्यकारी नेतृत्व गर्ने गहन जिम्मेवारी प्राप्त गरेको बताउदै सुनिताले राष्ट्र र जनतामा जागेको आशाको दियो ननिभ्ने गरी आगामी दिनमा राष्ट्र र जनताप्रति उत्तरदायी भएर तपाईँको नेतृत्वको सरकारले काम गर्ने र नयाँ मन्त्रिमण्डल सुशासन कायम गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने र विकास र समृद्धिका लागि जनताले देखेको सपना पूरा गर्ने कार्यमा एक चित्त भएर लाग्ने आशा लिएको बताएकी छन् ।
#SunitaDangol #BalenShah #Hope #Leadership #NepalPolitics #Support #Breaking #NepalNews #Update #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD



