संयम र धैर्यताकासाथ एक भएर प्रतिकुल परिस्थितिको सामना गर्छौं- योगेश भट्टराई

 

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस नेता रमेश लेखकको अबिलम्ब रिहाईको माग गरेका छन् ।

नेता भट्टराईले कानूनी राज्य र बिधिको शासनको उपहास मान्य नहुने भन्दै ओली र लेखकको तत्काल रिहाईको माग गरेका हुन् ।

नेता भट्टराईले संयम र धैर्यताकासाथ एकताबद्ध भएर प्रतिकुल परिस्थितिको सामना गरिने बताउदै भनेका छन्- ‘कानूनी राज्य र बिधिको शासनको उपहास मान्य छैन । घटनाको न्यायीक, निष्पक्ष र पारदर्शी छानबीन हुनु पर्दछ । हाम्रो पार्टी नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता रमेश लेखकको गिरफ्तारीको निन्दा गर्दछु । अविलम्ब रिहाईको माग गर्दछु ।’

नेता भट्टराईले जनताबाट प्राप्त जनादेशको दुरुपयोग नहोस भन्दै पार्टीले कानूनी र राजनीतिक बाटो लिने बताएका छन् । उनले लोकतान्त्रिक ब्यवस्थामा राज्य र सरकार आक्रमक होईंन संयम हुनुपर्ने उल्लेख गर्दै प्रतिशोध र बदला होईन संवाद र सहकार्यको बाटोमा जानुपर्नेमा जोड दिएका छन् ।

#YogeshBhattarai #NepalPolitics #CPNUML #Politics #Nepal #Arghakhanchi #arghakhanchicom #arghakhanchidotcom #arghakhanchicomHD

Nepal life insuranceimagesimagesimages