पेट्रोलियम पर्दाथमा भएको मुल्यबृद्धि पूरा फिर्ता नभएको भन्दै बिरोधमा उत्रिएका विद्यार्थीहरुद्धारा सरकारी गाडीमा प्रतिवन्ध

पेट्रोलियम पर्दाथमा भएको मुल्यबृद्धि पूरा फिर्ता नभएको भन्दै बिरोधमा उत्रिएका बिद्यार्थी संगठनले सरकारी नम्बर प्लेटका गाडीमा प्रतिवन्ध लगाएका छन् ।

 

विद्यार्थीहरुको विरोध कार्यक्रम अनुसार उनीहरुले ठाउँ ठाउँमा सरकारी नम्बर प्लेटका गाडीहरु संचालनमा रोक लगाएका हुन् ।

 

सरकारले खाना पकाउने ग्यासमा १ सय ७५ बढाएकामा ८५ रुपैयाँ घटाएको छ भने पेट्रोलमा १० रुपैयाँ बढाएकामा ३ रुपैयाँ घटाएको छ ।

 

त्यसैगरी डिजेल र मट्टितेलमा ९/९ रुपैयाँ बढाएर ४/४ रुपैयाँ घटाएको छ । विद्यार्थी संगठनहरुले भने बढाइएको पूरै पैसा फिर्ता नगरिए आन्दोलनलाई अझ सशक्त बनाउने बताएका छन् ।